अमेरिकामा मृत्युु भएका नेपालीको न्यूयाेर्क मगर समाजद्वारा दाहसंस्कार !

  1. वीर घर्ती मगर, न्यूयाेर्क,
    अप्रिल/१५/२०२१ ।

    तीन हप्ता अगाडि न्यूयाेर्कमा मृत्यु भएका नेपाली याम बहादुर पुन मगरकाे न्यूयाेर्ककाे क्विन्समा दाहसंस्कार गरिएकाे छ । तनहुँ जिल्ला शुक्ला गण्डकी नगरपालिका वडा नम्बर ४ नेपाल स्थाई घर भई न्यूयाेर्ककाे क्विन्समा माेबाईल टेक्निसियन तथा उबर ड्राईभर काम गर्दै आईरहेका ३७ बर्षकाे उमेरमा पुन मगरकाे मृत्युु काेराेनाकाे कारण भएकाे हाे। 
    काेराेना महामारीको समयमा न्यूयाेर्ककाे म्यानहटन माउन्ट सेनाई हस्पिटलमा गत मार्च मा मृत्यु भएका पुन मगरकाे गेराड जे. न्यूफिल्ड फ्युनेरल हाेममा मगर संघ अमेरिका,न्यूयाेर्क च्याप्टरकाे सहयाेगमा दाहसंस्कार गरिएको हाे । मृतक पुन मगर पाँच बर्ष अगाडि डाईभर्ससिटी भिसा मार्फत नेपालबाट अमेरिका आएका थिए ।
    मृतकको शव नेपाल पठाउन वा नेपालबाट परिवारका सदस्यहरू काेराेना महामारीको कारण अमेरिका आउन नमिल्ने भएपछि परिवारकाे स्विकृतीमा न्यूयाेर्कमै दाहसंस्कार गरिएकाे मगर संघ अमेरिका न्यूयोर्क च्याप्टरका अध्यक्ष याम पुन मगरले बताउनुभयो ।

    आफ्नो उपचारकाे क्रममा मृतक पुन मगरसँग भएकाे जायजेथा आफ्नो धर्म बहिनी निमा डाेल्माले जिम्मामा लिएकाे र मृत्युु पश्चात् सम्पूर्ण सरसामान तथा जायजेथा मगर संघ अमेरिकाका प्रतिनिधिहरू बसि, सम्पूर्ण सामानकाे छानबिन गरि नेपालमा परिवारलाई जानकारी गराएकाे अमेरिकाका केन्द्रीय समिति अध्यक्ष कुलदिप राना मगरले बताउनुभयो ।
    अध्यक्ष रानामगरले भन्नुभयाे – श्रद्धाञ्जली तथा दाहसंस्कार कार्यक्रममा उपस्थित भई सहयाेग गर्नुहुने सामाजिक ब्यक्तित्वहरूलाई धेरै धेरै धन्यवाद दिदै सामाजिक सेवामा सदैव अगाडी वढिरहने छाै्ं ।

    दाहसंस्कार कार्यक्रमकाे अन्त्यमा मृतकप्रती नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाका अध्यक्ष लाेक चेम्जोङले श्रद्धाञ्जली तथा माैन धारण गरी शाेकाकुल परिवारमा हार्दिक समवेदना ब्यक्त गरेका थिए । साथै अन्तिममा गाेर्खाली रेष्टुरेन्टमा सम्पूर्ण मलामीहरूलाई सुनपानीले चाेख्याईएकाे थियाे ।

Advertisment