समाजसेवी गुरुङद्वारा मिलन प्रगतिशील महिला समूहलाई साउण्ड सिस्टम सहयोग

पातीचौर (पर्वत), १२ चैत्र
मिलन फाउण्डेशन नेपालका संरक्षक एवं समाजसेवी दुर्गा गुरुङ “मिलन”ले मिलन प्रगतिशील महिला कृषक समूह, मोदी गाउँपालिका–५, बाजुङ, फलाल्नेलाई साउण्ड सिस्टम सहयोग गर्नुभएको छ ।
२० हजार रुपैयाँ बराबरको सो साउण्ड सिस्टम मिलन ट्रष्टकी संरक्षक सावित्री गुरुङले महिला समूहकी अध्यक्ष दुर्गा अधिकारीलाई हस्तान्तरण गर्नुभएको हो । साथै, सो अवसरमा संरक्षक गुरुङले मिलन फाउण्डेशन नेपालले प्रकाशन गरेको २०७८ सालको नयाँ भित्तेपात्रो समेत वितरण गरिएको थियो ।

Advertisment