गण्डकी प्रदेश प्रमुख शेरचनद्वारा नारी दिवसको अवसरमा शुभकामना

पोखरा, २४ फागुन
गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले १११ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस (८ मार्च)को अवसरमा सम्पूर्ण देश तथा विदेशमा रहनुभएका महिला दिदीबहिनीहरूलाई शुभकामना दिनुभएको छ ।
सोमबार एक शुभकामना सन्देश जारी गर्दै महिलाले काम गर्न पाउने अधिकार, समान ज्याला, मताधिकार, सार्वजनिक पद धारण गर्न पाउने अधिकार र सबैखालका उत्पीडनको अन्त्यको मागसहित विभिन्न देशमा भएका श्रमिक महिलाहरूले संघर्ष गरेको प्रदेश प्रमुख शेरचनले उल्लेख गर्नुभएको छ । त्यस्तै, प्रदेश प्रमुख शेरचनले सो संघर्षको परिणामस्वरुप विभिन्न देशमा उपरोक्त अधिकार प्राप्त भएपश्चात अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस (८ मार्च)लाई विशेष रुपमा मनाउन थालिएको समेत बताउनुभएको छ ।
साथै प्रदेश प्रमुख शेरचनले नेपालको संविधान २०७२ ले महिला अधिकारको संवैधानिक रुपमै विशेष व्यवस्था गरेको र संवैधानिक व्यवस्थालाई व्यवहारिक रुपमा कार्यान्वयन गर्दै महिलाका थप अधिकार प्राप्त गर्न यस दिवसले प्रेरणा मिलोस् भन्ने शुभकामना समेत दिनुभएको छ ।

Advertisment