बागलुङ–पोखरा मगर समाजको अध्यक्षमा थापा

पोखरा, १ फागुन
बागलुङ–पोखरा मगर समाजको अध्यक्षमा गजेन्द्र थापामगर सर्वसम्मत चयन हुनुभएको छ ।
समाजको शनिबार सम्पन्न १४ औं वार्षिक साधारणसभा तथा सातौं अधिवेशनबाट अध्यक्षमा थापामगर चयन हुनुभएको हो । थापामगर यसअघि समाजको सचिव हुनुहुन्थ्यो ।
त्यसैगरी, उपाध्यक्षमा सु. चन्द्रबहादुर थापामगर, सचिवमा रूद्रबहादुर श्रीसमगर, सह–सचिवमा गौरी पुनमगर, कोषाध्यक्षमा कृष्णा पुनमगर र सह–कोषाध्यक्षमा नरमाया पुनमगर चयन हुनुभएको छ । त्यस्तै, सदस्यहरूमा सु.मे. सूर्यबहादुर रानामगर, राकेश थापामगर, गिरबहादुर रानामगर, सुनिता रानामगर, धनमाया थापामगर, होमबहादुर थापामगर, शोभा पुनमगर, चन्द्रकली मगर्नी, अमृता थापामगर, हरिमाया श्रीसमगर र रामबहादुर थापामगर चयन हुनुभएको छ ।
समाजका पूर्व अध्यक्ष क्या. मीनबहादुर पुनमगरको संयोजकत्वमा गठित निर्वाचन मण्डलले निर्वाचन प्रक्रिया सम्पन्न गरेको हो । नवनिर्वाचित कार्यसमितिलाई नेपाल राष्ट्रिय मगर संघ, गण्डकी प्रदेशका सभापति पदम पुनमगर र नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), गण्डकी प्रदेशका अध्यक्ष एमबी आस्था मगर र पूर्व सल्लाहकार किरण थापामगरले बधाईसहित शुभकामना दिनुभएको थियो ।
यसअघि, अधिवेशनको उद्घाटन समाजका संस्थापक अध्यक्ष दलबहादुर थापामगरले गर्नुभएको थियो । सो अवसरमा समाजका पूर्व अध्यक्ष भीमबहादुर श्रीसमगर र लायन्स क्लब अफ पोखरा गण्डकी प्रदेशकी संस्थापक अध्यक्ष कोपिला श्रीसमगरले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । समाजका निवर्तमान अध्यक्ष रामबहादुर पुनमगरको अध्यक्षतामा भएको अधिवेशनको सञ्चालन सचिव गजेन्द्र थापामगरले गर्नुभएको थियो ।

Advertisment