सोनाम ल्होछारका अवसरमा गण्डकी प्रदेश प्रमुख शेरचनको शुभकामना

पोखरा, ३० माघ
नेपालका आदिवासी जनजाति तामाङ समुदायको महत्वपूर्ण सांस्कृतिक पर्व २८५७ औं सोनाम ल्होछार पर्वको अवसरमा गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले शुभकामना दिनुभएको छ ।
शुक्रबार एक शुभकामना सन्देश जारी गर्दै उहाँले गण्डकी प्रदेशबासीलगायत सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको शुभकामना व्यक्त गर्नुभएको छ ।
शुभकामना सन्देशमा प्रदेश प्रमुख शेरचनले नेपाल बहुजातीय, बहुसांस्कृतिक, बहुधार्मिक र बहुभाषिक विविधता भएको मुलुक भएको भन्दै यस्ता सांस्कृतिक चाडपर्वले आम नेपालीबीचको राष्ट्रिय एकता र आपसी सद्भावलाई बलियो बनाएको उल्लेख गर्नुभएको छ । साथै, उहाँले यस पर्वले नेपालको राष्ट्रिय स्वाधीनताको रक्षा गर्दै राष्ट्रिय एकता र सहमतिका लागि सबैमा प्रेरणा मिल्ने विश्वास समेत व्यक्त गर्नुभएको छ ।

Advertisment