मगर संघ, हेम्जा एकाइ अध्यक्षमा थापामगर

पोखरा, २७ माघ
नेपाल मगर संघ, हेम्जा एकाइ समितिको अध्यक्षमा रूद्रबहादुर थापामगर चयन हुनुभएको छ ।
शनिबार सम्पन्न १६ औं साधारणसभा तथा १० औं अधिवेशनबाट उपाध्यक्षमा विना थापामगर, सचिवमा शेरबहादुर रानामगर, सह–सचिवमा तेजबहादुर थापामगर र कोषाध्यक्षमा शान्ति रानामगर चयन हुनुभएको छ ।
त्यसैगरी, सदस्यहरूमा सरिता रानामगर, वसन्ता रानामगर, टिकिमाया मगर, तुलकुमारी थापामगर, इन्द्रा थापामगर, शोभा रानामगर, अञ्जना रानामगर, धनबहादुर थापामगर, दलबहादुर थापामगर र दुसमाया तिलिजामगर चयन हुनुभएको छ ।
यसअघि, अधिवेशनको उद्घाटन गर्दै नेपाल मगर संघ, कास्कीकी अध्यक्ष संगीता पुनमगरले हरेक टोल र बस्तीमा रहेका मगर समुदाय आफ्नो पहिचान र अधिकारका लागि संगठित हुनुपर्ने आवश्यकता औंल्याउनुभयो । आफ्नो मातृभाषा, धर्म, संस्कृति र भेषभूषाको संरक्षणका लागि एकजुट हुन आह्वान गर्दै उहाँले सामाजिक जागरणसँगै मगर समुदायमा राजनैतिक जागरणको आवश्यकता रहेको बताउनुभयो ।
सो अवसरमा नेपाल मगर संघका पूर्व केन्द्रीय सदस्य झलकबहादुर रानामगर, नेपाल मगर संघ, कास्कीका संगठन विभाग प्रमुख क्या. भक्तबहादुर पुनमगर, जिल्ला सदस्य रामबहादुर पुनमगर, रूद्रबहादुर थापामगर र शान्ति रानामगरले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । निवर्तमान अध्यक्ष क्षेत्रबहादुर रानामगरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव शेरबहादुर रानामगर र नेत्रबहादुर थापामगरले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।

Advertisment