नेकपा, म्याग्दीका नेता शेरचनको निधन

पोखरा, १६ माघ
नेपाल कम्युनिष्ट पार्टी (नेकपा), म्याग्दीका जिल्ला सदस्य राजेन्द्रकुमार शेरचनको निधन भएको छ ।
कोभिड–१९ बाट संक्रमित ५८ वर्षीय शेरचनको काठमाडौंमा उपचारका क्रममा बिहीबार साँझ निधन भएको हो । स्व. शेरचन तत्कालीन एकीकृत नेकपा (माओवादी)को राज्य समिति सदस्य र साबिक नेकपा (माओवादी केन्द्र), मुस्ताङको जिल्ला सचिवालय सदस्य हुँदै म्याग्दीको जिल्ला सचिवालय सदस्य बन्नुभएको थियो ।


स्व. शेरचन गण्डकी प्रदेश प्रमुख अमिक शेरचनका माइला दाजु ताराकुमार शेरचनको छोरा हुनुहुन्छ । स्व. शेरचनको शुक्रबार पशुपति आर्यघाटमा अन्तिम श्रद्धाञ्जलीसहित अन्त्येष्टि गरिएको छ । अन्तिम श्रद्धाञ्जलीका लागि पुग्नुभएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य लीलामणि पोखरेलले कम्युनिष्ट पार्टीको झण्डा ओढाएर स्व. शेरचनप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो । गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले आफ्नो भतिजको निधनले आफू मर्माहत बनेको बताउनुभयो ।

Advertisment