ब्लड क्यान्सरपीडित करणलाई ढुंगेपाटन पुन मगर समाजको ४७ हजार बढी आर्थिक सहयोग

पोखरा, १ माघ
पर्वतको जलजला गाउँपालिका वडा नं. १, बाँसखर्कनिवासी ब्लड क्यान्सरपीडित २२ वर्षीय करण पुर्जा पुनलाई ढुंगेपाटन पुन मगर समाजले उपचारका लागि आर्थिक सहयोग गरेको छ ।


काठमाडौंको सिभिल अस्पतालमा उपचाररत करणलाई समाजका सदस्य एवं विभिन्न व्यक्तिहरूबाट संकलित ४७ हजार १ सय ७० रुपैयाँ नगद सहयोग गरिएको हो । सो सहयोग रकम समाजकी पूर्व सचिव एवं लालीगुराँस एजु आमा समूह, पोखरा–३०, ढुंगेपाटनकी अध्यक्ष दीक्षा पुनले ब्लड क्यान्सरपीडित करणका बुबा थमनसिंह पुर्जालाई हस्तान्तरण गर्नुभएको हो ।
करणको उपचारमा थोरै भएपनि सहयोग पुगोस् भनेर आफूहरूले सहयोग संकलन गरेर सहयोग हस्तान्तरण गरेको आमा समूहकी अध्यक्ष पुनले बताउनुभयो ।

Advertisment