गण्डकी प्रदेश प्रमुख शेरचनद्वारा माघे संक्रान्तिको शुभकामना

पोखरा, १ माघ
नेपालका मगर समुदायको माघे सकराती, थारू समुदायको माघी, गुरुङ समुदायको माङी त्हें, छन्त्याल समुदायको छार म्हेङ, तीन गाउँले थकाली समुदायको नयाँ वर्ष २१४८ (गाई वर्ग–ल्हाङ ल्हो), किरात येले सम्वत् ५०८१, नेवार समुदायको घ्यू चाकु पर्व एवं माघे संक्रान्ति पर्वको अवसरमा गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले शुभकामना दिनुभएको छ ।
शुभकामना सन्देशमा प्रदेश प्रमुख शेरचनले पूर्वजहरू कन्दमूलबाटै जीवनयापन गरेको दिनलाई पनि यस पर्वले पुनः स्मृतिको ऐतिहासिक सम्झना हाम्रा “पुसमा पकाएर माघमा खाने”, तरुल, सखरखण्ड आदि फलहरू खाने चलनको निरन्तरता कायम रहिआएको उदाहरणबाट माघे संक्रान्ति पर्वको नेपाली समाजमा अत्यन्त ठूलो महिमा रहेको उल्लेख गर्नुभएको छ ।
खुशीयालीस्वरुप विशेष उत्साह र उमङ्गका साथ विभिन्न समुदायले मनाउने यस पर्वले छुट्टै मौलिकता, परम्परा र सांस्कृतिक महत्व बोकेको प्रदेश प्रमुख शेरचनको ठहर छ । त्यस्तै, शुभकामना सन्देशमा बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक एवं भौगोलिक विविधता र यही विविधतायुक्त धार्मिक, सांस्कृतिक चाडपर्वले सामाजिक एकता र सद्भाव, धार्मिक सहिष्णुता कायम राख्दै राष्ट्रिय एकतालाई मजबुत बनाउन योगदान दिएको समेत उल्लेख गर्नुभएको छ । प्रदेश प्रमुख शेरचनले माघे संक्रान्ति पर्वले सबैमा भ्रातृत्व एवं अपनत्व, आपसी सद्भाव तथा धार्मिक सहिष्णुता कायम राख्दै राष्ट्रियता र सार्वभौमिकताको रक्षा गर्न थप प्रेरणा र बल प्रदान गर्ने विश्वास गर्नुभएको छ ।

Advertisment