मगर संघ, दक्षिण कोरियाको अध्यक्षमा पुन

सउल, २ जनवरी
मगर संघ, दक्षिण कोरियाको १० औं महाधिवेशनबाट अध्यक्षमा टेक पुन (बागलुङ) सर्वसम्मत निर्वाचित हुनुभएको छ ।
सो महाधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा गोकर्ण थापा (स्याङ्जा), उपाध्यक्षहरूमा दिलमान पुन (रोल्पा), प्रेम पुन (पर्वत), गंगा पुन (म्याग्दी) र ज्ञानु श्रीस (बागलुङ) रहनुभएको छ । त्यस्तै, महासचिवमा केशर राना (गोरखा), सचिवमा तारा पुन (दाङ), कोषाध्यक्षमा लोक पुन (पर्वत) र सह–कोषाध्यक्षमा तुल घर्ती (म्याग्दी) निर्वाचित हुनुभएको छ ।
त्यसैगरी, सदस्यहरूमा दिल बलामी (बागलुङ), होमबहादुर थापा (कपिलवस्तु), इन्द्र थापा (स्याङ्जा), पीएम ग्याङ्मी (पाँचथर), रमेश थापा (सर्लाही), दीपक मगर (स्याङ्जा), सोम बुढा (गुल्मी), सम्झना राना (स्याङ्जा), शर्मिला थापा (मोरङ), टंक राना (नुवाकोट) र वसन्त पुलामी (तनहुँ) रहनुभएको छ । भर्चुअल माध्यमबाट भएको महाधिवेशनको उद्घाटन नेपाल मगर संघ तथा अन्तर्राष्ट्रिय मगर महासंघका अध्यक्ष नवीन रोकाले गर्नुभएको थियो ।

Advertisment