नेपाल रेडक्रस सोसाइटी लामाचौर उपशाखाको रक्तदानमा २३ युनिट रगत संकलन

पोखरा, १८ पुस
नेपाल रेडक्रस सोसाइटी, गण्डकी प्रदेशको आयोजना तथा पोखरा महानगरपालिका वडा नं. १६, उपशाखा, लामाचौर र हिमाल बचत तथा ऋण सहकारी संस्था लिमिटेड, पोखरा–१९, लामाचौरको व्यवस्थापनमा भएको रक्तदान कार्यक्रममा २३ युनिट रगत संकलन भएको छ ।


शनिबार भएको रक्तदान कार्यक्रमको रेडक्रस गण्डकीका सभापति सूर्यप्रसाद ढकालले पहिलो रक्तदाता ज्ञानबहादुर कार्कीलाई ब्लड ब्याग हस्तान्तरण गरी उद्घाटन गर्नुभएको थियो । सो अवसरमा रेडक्रस गण्डकीका महासचिव बलराम आचार्य, वडा नं. १६ का वडाध्यक्ष जीवनप्रसाद आचार्यले रक्तदानको महत्वका बारेमा बोल्नुभएको थियो ।
लामाचौर उपशाखाका सभापति कुलप्रसाद भट्टराईको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव तारा अधिकारी र कोषाध्यक्ष एवं हिमाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडका प्रबन्धक दुर्गादत्त आचार्यले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।

Advertisment