बाजुङ–पोखरा सम्पर्क समाज, कास्कीको अध्यक्षमा पुनः क्या. गुरुङ

पोखरा, १६ पुस
पर्वत जिल्लाको मोदी गाउँपालिका वडा नं. ५, बाजुङबाट कास्कीको पोखरा महानगरपालिकामा आइ बसोबास गर्ने बाजुङेहरूले स्थापना गरेको बाजुङ–पोखरा सम्पर्क समाज, कास्कीको अध्यक्षमा पुनः क्या. रामकाजी गुरुङ सर्वसम्मत चयन हुनुभएको छ ।
बुधबार सम्पन्न समाजको सातौं साधारणसभाबाट उपाध्यक्षमा जयबहादुर सुवेदी (जयलाल), सचिवमा तिलक पौडेल, सह–सचिवमा मीना मल्ल र कोषाध्यक्षमा पदमकुमारी सेन सर्वसम्मत चयन हुनुभएको छ । त्यसैगरी, सदस्यहरूमा ठाकुर शाही, वीरेन्द्र एसी, जमुना थापा, कपिल चापागाईं, गोविन्दप्रसाद पौडेल र कृष्णकुमारी ठकुरी चयन हुनुभएको छ ।
समाजसेवी सावित्रीकुमारी गुरुङको प्रमुख आतिथ्यमा सम्पन्न भएको साधारणसभाले सचिव तिलक पौडेलद्वारा प्रस्तुत वार्षिक प्रगति प्रतिवेदन तथा आर्थिक प्रतिवेदन सर्वसम्मतिले पारित गरेको छ । समाजका अध्यक्ष क्या. रामकाजी गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा सचिव तिलक पौडेलले सञ्चालन र जयबहादुर सुवेदी (जयलाल)ले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । सो अवसरमा समाजका नयाँ आजीवन सदस्यलाई स्वागत तथा प्रमाणपत्र वितरण समेत गरिएको थियो । नयाँ आजीवन सदस्यहरूमा जयबहादुर सुवेदी (जयलाल), डिलबहादुर खत्री, जमुना थापा र गोविन्दप्रसाद शर्मा रहनुभएको छ ।

Advertisment