गण्डकी प्रदेश प्रमुख शेरचनद्वारा तमु ल्होसार, उधौली र योमरि पुन्हिको शुभकामना

पोखरा, १५ पुस
गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले तमु (गुरुङ) समुदायको ल्वों ल्होसार, किरात समुदायको उधौली पर्व र नेवार समुदायको योमरि पुन्हिको अवसरमा शुभकामना दिनुभएको छ ।
बुधबार शुभकामना सन्देश जारी गर्दै प्रदेश प्रमुख शेरचनले देश तथा विदेशमा बसोबास गर्ने नेपालीहरूको सुस्वास्थ्य, दीर्घायू र समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ । साथै, उहाँले नेपालमा मनाइने सांस्कृतिक चाडहरूले एक आपसमा सद्भाव र सहिष्णुताको विकास गरेको उल्लेख गर्नुभएको छ ।
प्रदेश प्रमुख शेरचनले यी चाडपर्वले नेपालको राष्ट्रिय एकता र समृद्धि हासिलका निम्ति योगदान गर्ने विश्वास समेत व्यक्त गर्नुभएको छ ।

Advertisment