पत्रकार पुनको तेस्रो कृति ‘साइनो’ सार्वजनिक

पोखरा, ३ पुस
पत्रकार, लेखक एवं कलाकार तिलकप्रसाद पुनको नयाँ पुस्तक “साइनो” सार्वजनिक भएको छ । ३७ वटा लेखरचना संग्रहित “साइनो”मा विभिन्न बस्तीका रहनसहन, भेषभूषा, चाडपर्व, लोकसंस्कृति र प्रकृतिको वर्णन गरिएको छ ।
पुस्तकको गण्डकी प्रदेशका आर्थिक तथा योजनामन्त्री किरण गुरुङले विमोचन गर्नुभएको हो । पत्रकार, कलाकार र नियात्राकार पुनको यस अघि दुई कृति “लोकसंस्कृतिका सुसेलीहरू” र “बस्तीभित्र” प्रकाशित छन् । आर्थिक तथा योजनामन्त्री गुरुङले सो पुस्तकमार्फत् ग्रामीण परिवेश र मौलिक संस्कृतिलाई चिनाउन पत्रकार पुन सफल भएको धारणा व्यक्त गर्नुभयो ।
प्रकृति मानव केन्द्रित जनअभियान कास्की युनिटका केन्द्रीय संगठन विभाग प्रमुख उत्तम कँडेल, पृथ्वीनारायण क्याम्पस नेपाली विभागका प्रमुख प्रा.डा. कुसुमाकर न्यौपाने, डा. जगन्नाथ रेग्मी, नेपाल पत्रकार महासंघ कास्कीका सचिव रामप्रसाद तिमल्सेना, नेपाल अर्बुद रोग निवारण संस्था कास्कीका निवर्तमान अध्यक्ष रामचन्द्र थापा, नेपाल मगर संघ कास्कीका अध्यक्ष संगीता पुनमगर र सञ्चारकर्मी लक्ष्मी थापा लगायतले नेपालका विभिन्न गाउँबस्तीहरुको भ्रमण गरी तयार पारिएको कृति साइनोले लोकसंस्कृति र पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्ने विचार व्यक्त गर्नुभयो ।
पुस्तक विमोचन कार्यक्रम प्रकृति मानव केन्द्रित जनअभियान कास्की युनिटका उपाध्यक्ष शिवप्रसाद वस्ताकोटी ‘शिव दाइ’को अध्यक्षतामा सम्पन्न भएको थियो ।

Advertisment