लायन्स क्लब अफ पोखरा बाराही टाउनद्वारा दुई क्लबलाई चार्टर हस्तान्तरण

पोखरा, २८ मंसिर
लायन्स क्लब अफ पोखरा बाराही टाउनले आफ्नो प्रायोजनमा स्थापना भएका दुई नयाँ लायन्स क्लबलाई चार्टर हस्तान्तरण गरेको छ ।
शनिबार आयोजित एक कार्यक्रममा लायन्स क्लब इन्टरनेशनल ३२५ बी वानका डिष्ट्रिक्ट गभर्नर मनबहादुर रोकाले दुई नयाँ क्लब लायन्स क्लब अफ पोखरा गण्डकी प्रदेशकी अध्यक्ष कोपिला श्रीस र लायन्स क्लब अफ पोखरा युनियन टाउनका अध्यक्ष नारायणहरि तिवारीलाई चार्टर हस्तान्तरण गर्नुभयो ।


सो अवसरमा बोल्दै डिष्ट्रिक्ट गभर्नर रोकाले लायन्स क्लबप्रतिको जनविश्वास बढाउन नयाँ क्लबहरूले सक्रियतापूर्वक काम गर्नुपर्नेमा जोड दिनुभयो । त्यस्तै, प्रथम भाइस डिष्ट्रिक्ट गभर्नर विश्वेश्वर आचार्यले नयाँ लायन्स क्लबको आगमनले पूराना क्लबलाई पनि हौसला बढेको बताउनुभयो । कार्यक्रममा द्वितीय भाइस डिष्ट्रिक्ट गभर्नर महेन्द्र पौडेल, कोचिफ एड्भाइजर विनोद ढुंगाना, राम बसेल, रिजन चेयर पर्सन शान्ता थापा, जोन चेयर पर्सन सुरेन्द्र पौडेल, कृष्ण भण्डारीले लायन्स क्लबको आवश्यकता र सामाजिक सेवाको औचित्यका बारेमा बोल्नुभएको थियो ।
लायन्स क्लब अफ पोखरा बाराही टाउनकी अध्यक्ष आरती अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन संस्थापक अध्यक्ष रोजी श्रेष्ठ र तृतीय उपाध्यक्ष सुकमाया गुरुङले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।

Advertisment