गायक जितेन्द्रको ‘मनको प्यास मेट्नलाई’, गायिका नीता र निरुको साथ

पोखरा, १९ मंसिर
लोक तथा दोहोरी गायक जितेन्द्र राम्जालीले नयाँ सालैजो गीत “मनको प्यास मेट्नलाई” बजारमा ल्याएका छन् ।
यो सालैजोमा राम्जालीलाई चर्चित गायिकाद्वय नीता पुन र निरु श्रीसले स्वरमा साथ दिएका छन् । सालैजोको लय तथा शब्द जितेन्द्र आफैंले संकलन गरेका हुन् ।
यस सालैजोको एरेञ्ज डोलराज बाह्रघरेले गरेका हुन् भने कुमार रानाले अडियो मिक्सिङ गरेका हुन् । म्यूजिक भिडियोको निर्देशन गायिका नीता पुनले गरेकी छिन् । म्यूजिक भिडियोमा शेखर घर्ती, ऋतु तामाङ, चिज गुरुङ, विष्णु दर्लामी, दिनेश थापा र निरु श्रीसको अभिनय छ । सुरेश श्रेष्ठको छायांकन रहेको म्यूजिक भिडियोको सम्पादन विष्णु शर्मा र शेखर घर्तीको कोरियोग्राफी रहेको छ ।

Advertisment