गण्डकी प्रदेश प्रमुख शेरचनद्वारा छठ पर्वको शुभकामना व्यक्त

पोखरा, ५ मंसिर
गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले तराई क्षेत्रमा विशेष महत्वका साथ मनाइने छठ पर्वको शुभकामना दिनुभएको छ ।
शुभकामना सन्देश जारी गर्दै प्रदेश प्रमुख शेरचनले तराई क्षेत्रको महत्वपूर्ण सांस्कृतिक पर्व छठले आपसी सद्भाव र राष्ट्रियताको प्रवद्र्धनमा महत्वपूर्ण योगदान गरेको उल्लेख समेत गर्नुभएको छ । यसअघि, प्रदेश प्रमुख शेरचनले नेपालीहरूको महत्वपूर्ण चाड तिहार तथा नेपाल सम्वत् ११४१ को अवसरमा समेत सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्नुभएको थियो ।

Advertisment