खेलकुद गण्डकी प्रदेश सरकारको प्राथमिकतामा छ ः मन्त्री गुरुङ

पोखरा, १८ असोज
गण्डकी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले प्रदेश सरकारले खेलकुदलाई प्राथमिकतामा राखेको बताउनुभएको छ ।
नेपाल मार्शल आर्ट हाप्किडो संघको चौथो वार्षिकोत्सव तथा सम्मान कार्यक्रमका अवसरमा बोल्दै मन्त्री गुरुङले उक्त कुरा बताउनुभएको हो । गण्डकी प्रदेशको खेलकुद विकासका लागि नै सरकारले कानुन समेत बनाएर अघि वढेको बताउँदै मन्त्री गुरुङले भन्नुभयो, “अब छिट्टै परिषद् गठन गरेर सवै खेलहरुको विकासका लागि अघि बढ्दैछौं ।”
गण्डकी प्रदेश सरकार खेलकुद विकासका लागि कसरी अघि बढ्न विषयमा गम्भिर रहेको बताउँदै खेलकुद विकासका लागि आर्थिक विकासको पाटो पनि उत्तिकै महत्वपुर्ण रहेको बताउनुभयो । यतिबेला कोभिड–१९ का कारण भएको लकडाउनले मुलुकलाई १० वर्ष पछि धकिलिएको बताउँदै उहाँले लकडाउनका विधीहरु परिवर्तन गरेर भएपनि आर्थिक गतिविधिलाई चलायामान बनाइराख्नुपर्ने धारणा राख्नुभयो । सो अवसरका मन्त्री गुरुङले विभिन्न समयमा आयोजना भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा बिजेता बन्न सफल खेलाडी, कार्यक्रमका सहयोगी लगायतलाई सम्मानपत्र प्रदान गर्नु भएको थियो ।


नेपाल कम्युनिष्ट पार्टी (नेकपा), गण्डकी प्रदेशका सचिव एवं गण्डकी प्रदेश मुख्यमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार गोविन्द नेपालीले खेलकुदमा जस्तो अनशासन राजनीतिमा नभएकाले नै यति वेला मुलुकमा अराजकता बढ्दै गएको र त्यसले लक्ष्य प्राप्त गर्न नसक्ने बताउँदै भन्नुभयो, “खेलकुद जीवन शुरक्षाका लागि मात्रै आर्थिक समृद्धिका लागि पनि उत्तिकै अपरिहार्य रहेको छ ।”
सो अवसरका राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सम्पन्न श्रेष्ठले खेलकुद व्यवसायिकतासँगै आत्मनिर्भर तर्फ उन्मुख बनाउनु पर्ने खाँचो रहेको कुरा औल्याउँदै भन्नुभयो, “त्यो व्ययवासयिकता र आत्मनिर्भरता खेलाडीको मेहनत र आत्मवल वाट प्राप्त हुन्छ ।” खेलाडीहरुले भोकै नभई खेलेरै जिवन वाँच्ने आधार बनाउन आवश्यक रहेको बताउँदै उहाँले मार्शल आर्ट खेल अनुशासन र आत्मरक्षाका लागि पनि उत्तिकै महत्वपुर्ण रहेको बताउनुभयो । समाजमा वढदै गइरहेका वलत्कार लगाएत अन्य अपराधजन्य घटनावाट जोगिन आत्मरक्षाका लागि मार्शल आर्ट जस्ता खेलहरु सिक्न उत्तिकै आवश्यक रहेको उहाँले बताउनुभयो ।
त्यस्तै अर्का नेकपा, गण्डकी प्रदेश कार्यालय सदस्य बालकृष्ण काउछाले सरकारले खेलकुदलाई उच्च प्राथमिकतामा राखेसँगै खेलाडीको उच्च मनोवल बनाउन वर्तमान नेकपाको सरकारले उल्लेखनिय कार्य गरेको बताउनुभयो । नेपाल हाप्किडो संघका केन्द्रिय अध्यक्ष माष्टर कालीबहादुर घर्तीमगर (वसन्त)को अध्यक्षतामा भएको कार्यक्रममा नेपाल हाप्किडो संघ गण्डकीका अध्यक्ष एमबी आस्था, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एकराज गिरी, हाप्किडो संघका महासचिब सुवर्ण बिसीलगाएतले नेपालमा हाप्किडो खेलले छोटो अवधिमा नै उल्लेखनीय कार्य गर्न सफल भए सँगै खेलाडी उत्पादनमा समेत महत्वपूर्ण भूमिका खेलेको भन्दै प्रशंसा गरेका थिए ।

Advertisment