कुमार पुन र प्रिती आलेको बामरी–२ (गाईलाई खरी घाँस)

पोखरा, १३ असोज
चर्चित लोक तथा दोहोरी गायक र चर्चित लोक तथा दोहोरी गायिका प्रिती आलेको स्वरमा नयाँ गीत बामरी–२ (गाईलाई खरी घाँस) सार्वजनिक भएको छ ।
सुवास केसीको शब्द तथा शिव हमालको लयमा गायक कुमार र गायिका प्रितीको स्वरमा रहेको सो गीत युट्युबमार्फत् सार्वजनिक भएको हो । गीतको म्यूजिक भिडियोमा सुवास केसी र रञ्जिता गुरुङको अभिनय छ ।
विश्वास नेपालको एरेञ्ज रहेको गीत वान डीबी एचडी स्टुडियोमा रेकर्ड भएको हो । एचबीएन किस्मतको मिक्सिङ रहेको गीतका रेकर्डिष्ट गोविन्द पराजुली हुन् । गुराँस म्यूजिक प्रालिको उत्पादन तथा वितरण रहेको गीतको म्यूजिक भिडियोको निर्देशन शंकर बिसीले गरेका हुन् । म्यूजिक भिडियोमा नरेशवीर सिंहको सह–निर्देशन, दुर्गा पौडेलको छायांकन, नवीन घर्तीमगरको सम्पादन तथा रङ संयोजन, श्याम मल्लको श्रृंगार रहेको छ । कृष्ण फिल्मस् एण्ड एड्भटाइजिङको पोष्ट प्रोडक्सन रहेको म्यूजिक भिडियोका फोटोग्राफर देवराज आचार्य हुन् भने ईश्वर थपलिया निर्माण नियन्त्रक हुन् ।
जनयुद्धकालीन विषयलाई गीत र म्यूजिक भिडियोमार्फत् उतार्न खोजिएको छ । गीतलाई पहिलेका गीतजस्तै दर्शक, स्रोताले माया गर्ने आशा राखेको गायक कुमार पुनले बताए ।

Advertisment