देशको आन्तरिक दुश्मन कमिसनतन्त्र र भ्रष्टाचार ः प्रदेश प्रमुख शेरचन

पोखरा, ३ असोज
गण्डकी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले पाँचौं संविधान दिवस तथा राष्ट्रिय दिवस–२०७७ का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका प्रदेशबासी लगायत सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा शुभकामना व्यक्त गर्नुभएको छ ।
राष्ट्रिय दिवसका अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै शेरचनले जनतालाई राजनैतिक परिवर्तनको महसुस हुने गरी संविधानको मर्म र भावनालाई व्यवहारमा रुपान्तरण गर्न आ–आफ्नो तर्फबाट इमान्दार र प्रभावकारी कार्यान्वयनका लागिका लागि समेत आह्वान गर्नुभएको छ ।
देशको आन्तरिक दुश्मन कमिसनतन्त्र र भ्रष्टाचार रहेको भन्दै प्रमुख शेरचनले एक जना ज्यान मार्ने व्यक्तिले आजिवन काराबासको सजायँ पाए पनि भ्रष्टाचार र कमिसनतन्त्रले तीन करोड जनतालाई दैनिक रुपमा मारिरहेको उहाँको भनाइ छ । राष्ट्रिय समृद्धिको प्रमुख बाधक पनि भ्रष्टाचार र कमिसनतन्त्र रहेकाले त्यसका विरुद्ध जुट्न सबैले राष्ट्रिय सङ्कल्पका लागि समेत आग्रह गर्दै कोभिड–१९ को सङ्क्रमणबाट बच्न सजग र सतर्क रहन उहाँले आह्वान गर्नुभएको छ ।

Advertisment