गण्डकी प्रदेश प्रमुख शेरचनद्वारा गण्डकी प्रज्ञा प्रतिष्ठानको विधेयक प्रमाणिकरण

पोखरा, १९ भदौ
गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले गण्डकी प्रज्ञा प्रतिष्ठान स्थापना तथा सञ्चालन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणिकरण गर्नुभएको छ ।
गण्डकी प्रदेशसभाले पारित गरी पठाएको सो विधेयक नेपालको संविधानको धारा २०१ को उपधारा (२) बमोजिम शुक्रबार प्रदेश प्रमुख शेरचनले प्रमाणिकरण गर्नुभएको हो । यसअघि, सो विधेयक गण्डकी प्रदेशसभाबाट पारित भइ सभामुख नेत्रनाथ अधिकारी हिमालले प्रमाणित गर्नुभएको हो ।

Advertisment