कास्कीका पोखरेल बने गण्डकी प्रदेशसभाको सचिव

पोखरा, १९ भदौ
गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले गण्डकी प्रदेशसभा सचिवालयको सचिव पदमा हरिराज पोखरेललाई नियुक्त गर्नुभएको छ ।
प्रदेश प्रमुखले पोखरेललाई प्रदेशसभाका सभामुख नेत्रनाथ अधिकारीको सिफारिस अनुसार नेपालको संविधानको १९५ को उपधारा (१) बमोजिम शुक्रबार नियुक्त गर्नुभएको हो । कास्कीको पोखरा–२१, निर्मलपोखरीमा जन्मिनुभएका नवनियुक्त प्रदेशसभा सचिव पोखरेल हाल पोखरा–१७, जागृतिटोल बस्दै आउनुभएको छ ।
नवनियुक्त सचिव पोखरेलले शुक्रबार नै प्रदेश प्रमुख शेरचनबाट नियुक्तिपत्र समेत बुझ्नुभएको छ । लामो समयदेखि सचिव नियुक्ति नहुँदा प्रदेशसभा सचिवालयमा निमित्तले काम गर्दै आएका थिए ।

Advertisment