गण्डकी प्रदेश प्रमुख शेरचनद्वारा दुई विधेयक प्रमाणिकरण

पोखरा, ८ भदौ
गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले गण्डकी प्रदेशसभाले पारित गरेका दुई विधेयक प्रमाणिकरण गर्नुभएको छ ।
नेपालको संविधानको धारा २०१ को उपधारा (२) बमोजिम सोमबार प्रदेश प्रमुख शेरचनले प्रदेशसभा सचिवालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश विकास समिति सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणिकरण गर्नुभएको हो । यसअघि, यी दुई विधेयक गण्डकी प्रदेशसभाबाट पारित भइ सभामुख नेत्रनाथ अधिकारीले प्रमाणित गर्नुभएको हो ।

Advertisment