राष्ट्रकवि घिमिरे बहुप्रतिभाशाली साहित्यकार ः गण्डकी प्रदेश प्रमुख शेरचन

पोखरा, ६ भदौ
गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले राष्ट्रकवि माधवप्रसाद घिमिरेको १०१ वर्षको उमेरमा भएको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ ।
शुक्रबार एक शोक वक्तव्य जारी गर्दै प्रदेश प्रमुख शेरचनले राष्ट्रकवि घिमिरेले साहित्यका विविध विधामार्फत् नेपाली जनमानसमा राष्ट्रियताको भावना जागृत गराउन महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्नुभएको छ । साथै, उहाँले राष्ट्रकवि घिमिरे एक बहुप्रतिभाशाली साहित्यकार भएको समेत उल्लेख गर्नुभएको छ ।
प्रदेश प्रमुख शेरचनले स्व. घिमिरेप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवार एवं आफन्तजनप्रति समवेदना समेत प्रकट गर्नुभएको छ ।

Advertisment