कास्कीका मगर कलाकारलाई नेप्लिज पिपुल युकेको राहत वितरण

पोखरा, १ भदौ
नेप्लिज पिपुल युकेको विशेष पहलमा नेपाल मगर सांस्कृतिक संघ जिल्ला समन्वय समिति कास्कीले कोरोना र बाढीपहिरो प्रभावित ४४ जना मगर कलाकारहरुलाई आइतबार पोखरामा राहत वितरण गरेको छ ।
पोखरा महानगरपालिका वडा नं. १० पोखरा रंगशाला अगाडि रहेको नेपाल मगर संघ कास्कीको भवनमा आयोजित कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेस महासमिति सदस्य, पूर्व कांग्रेस जिल्ला सभापति, पिएन क्याम्पसका पूर्व प्राध्यापक नवराज गुरुङले राहत कोरोना र बाढी पहिरो प्रभावित मगर कलाकारहरुलाई राहत स्वरुप खाद्यान्न र नगद वितरण गर्नुभएको हो।


नेप्लिज पिपुल युकेका तर्फबाट विशेष गरी गोर्खा मिडिया प्रवन्ध निर्देशक, एभरेष्ट टाइम्स युकेका बरिष्ठ फोटो ग्राफर मिलन तमुको संयोजन र कलाकार मनसुधन थापा, दुर्लुङ समाज युकेका पूर्व अध्यक्ष जहावरलाल (जेएल) गुरुङ, समाजसेवी कुलराज गुरुङको पहलमा संकलित रकम प्रमुख अतिथि गुरुङले मगर सांस्कृतिक संघ कास्कीकी अध्यक्ष सरिता सारुमगरलाई १ लाख २५ हजार रुपैयाँ हस्तान्तरण गर्नुभएको थियो।
कार्यक्रममा प्रमुख अतिथि गुरुङले कोरोना र बाढीपिडितबाट प्रभावित मगर कलाकारहरुलाई देश विदेशका सहयोगीहरुको सहयोगमा आहात भएकाहरुलाई राहत वितरणका लागि नेपाल मगर सांस्कृतिक संघ जिल्ला समन्वय समिति कास्की र सहयोगी हातहरुलाई धन्यवाद व्यक्त गर्नुभयो। कोरोनाको कहरमा सरकार गर्नुपर्ने सहयोग गर्यो गरेन सबैले देखेकै छौं तर युकेबाट वरिष्ठ फोटो ग्राफर मिलन तमु, मेरो भाइ जहावरलाल (जेएल) गुरुङ, कुल गुरुङ लगायतको पहल र हङकङबाट पुन मगर समाजका अध्यक्ष हेम पुन लगायतको सहयोगले राष्ट्रको गहना कलाकारलाई ठूलो राहत मिलेको बताउनुभयो। उहाले भन्नुभयो, कलाकार राष्ट्रको गहना हुन, उनीहरुको गीत संगीताले क्षत विक्षत मानसिकतालाई जोड्दै मान्छेलाई रोमाञ्चित र पीडा भुलाउने समेत गर्ने भएकोले कला, संगीतलाई राज्यले संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो।
कोरोनाका कहरले आज दोहोरी साँझ बन्द हुदा संस्कृति, कला, संगीत क्षेत्रमा ठुलो असर पुगेको छ भने कलाकारहरुलाई धेरै समस्या परेको छ, तिनै काम गर्ने कलाकारहरु, कला संगीत संरक्षण गर्ने कलाकारहरुलाई सरकारले सहयोग गर्नुपर्दछ, मेरो तर्फबाट पनि सक्दो सहयोग गर्दछु गुरुङले भन्नुभयो। यसरी नै गुरुङले नेपालको परिचय गराउने आदिवासी जनजातिहरू जसले प्रथम र दोश्रो युद्ध लडेकाहरुले पनि मुलुकमा विभेद छ भएको भन्दै यस्तै विभेदमा पारिएका मधेशी, महिला, दलित लगायत एकताबद्ध आन्दोलनसँगै आहात भएकाहरुलाई कलाकारझै आफ्नो तर्फबाट सहयोग गर्नुपर्ने उहाँको भनाई थियो।


कार्यक्रममा नेपाली कांग्रेसका पर्वतबाट महासमिति सदस्य मोहन गुरुङले कोरोनाको कहर र बाढी पहिरोबाट प्रभावित मगर कलाकारहरुलाई सहयोग गर्नुहुने सहयोगीहरुलाई धन्यवाद र कार्यक्रम सपलताको शुभकामना व्यक्त गर्नुभएको थियो।
राहत वितरणका लागि नेप्लिज पिपुल युकेको तर्फबाट पर्वत वेलफेयर सोसाईटी युकेका अध्यक्ष नेत्र आले, युके निवासी समाजसेवी कुलराज गुरुङ (युके), गोर्खा मिडिया प्रबन्ध निर्देशक, एभरेष्ट टाइम्स युकेका बरिष्ठ फोटो ग्राफर मिलन तमु, कलाकार मनसुधन थापा, दुर्लुङ समाज युकेका पुर्व अध्यक्ष जहावरलाल(व्ी)गुरुङ, साहारा युकेका अमृत गुरुङ, दुर्लुङ समाज युकेका कोषाध्यक्ष बिकास रक गुरुङ, साहारा युकेका अध्यक्ष कुमार गुरुङ, मगर संघ, बेलायतका पूर्व अध्यक्ष नेम थापा मगर, तमु धिं युकेका पूर्व अध्यक्ष ज्ञाम गुरुङ, युके निवासी लेख राना, शिला थापा, दीप ज्वेलर्स युकेका प्रवन्ध निर्देशक प्रेम विक, राम्चे समाज युकेका उपाध्यक्ष राम गुरुङ, दुर्लुङ समाज युकेका उपाध्यक्ष हर्क गुरुङ, एनआरएन युकेका पूर्व उपाध्यक्ष शेर सुनार, एनआरएन युकेका पूर्व अध्यक्ष योगकुमार फगामी, गोर्खा किचन युकेका प्रवन्ध निर्देशक भीम गुरुङ, गोर्खा ट्राभल युकेका प्रवन्ध निर्देशक दिलराज गुरुङ, नमस्ते एक्सप्रेस युकेका प्रबन्ध निर्देशक मदन राना, मगर संघ, बेलायतका संरक्षक घन थापा, तमु धिं युकेका उपाध्यक्ष जुमकाजी गुरुङ, तनहुँ समाज युकेका अध्यक्ष लेख गुरुङ, सनलिट हेयर एण्ड ब्यूटी सलुन युके र युके निवासी मथुरादेवी गुरुङ (दुर्लुङ)लगायतले रकम सहयोग गर्नुभएको संयोजक मिलन तमुले जानकारी दिनुभयो।
युके लगायत हङकङबाट हेम पुन ३० हजार रुपैया, देवेन्द्र राना(कतार) ५ हजार ५५५ रुपैया, सरिता सारुमगर (अध्यक्ष, नेपाल मगर सांस्कृतिक संघ जिल्ला समन्वय समिति कास्की) ५ हजार रुपैयाँ, दानबहादुर श्रीस (व्यवसायी) २ हजार ५ सय रुपैयाँ राहतका लागि उपलब्ध गराएको संघका सचिव सुरेश रानामगरले जानकारी दिनुभयो।
पोखरामा कोरोना संक्रमण वृद्धि भइरहेको अवस्थामा भौतिक दूरी कायम गर्दै आयोजना गरिएको कार्यक्रम नेपाल मगर सांस्कृतिक संघ जिल्ला समन्वय समिति कास्कीकी अध्यक्ष सरिता सारुमगरको अध्यक्षता र सचिव सुरेश रानामगरको सञ्चालनमा भएको थियो भने कार्यक्रममा प्रमुख अतिथि गुरुङलाई फेटा र मायाको चिनोबाट सम्मान गरिएको थियो।

Advertisment