युवा बौद्ध संघद्वारा कोभिड–१९ विरुद्ध सचेतनामूलक फ्लेक्स वितरण

पोखरा, २५ साउन
युवा बौद्ध संघ, धर्मशीला बुद्ध बिहार, पोखरा–३, नदीपुरले विभिन्न पसलहरूमा कोभिड–१९ विरुद्ध सचेतना फैलाउन सचेतनामूलक फ्लेक्स वितरण गरेको छ ।
संघले आफ्नो रजत जयन्तीको अवसरमा फ्लेक्स वितरण गरेको कार्यक्रम संयोजक सकेन्द्र ताम्राकारले जानकारी दिनुभयो । बुधबार आयोजित कार्यक्रममा संघका अध्यक्ष सुदीप प्रधानाङ्ग नेतृत्वको संघ आबद्ध टोलीले पोखराका पसलहरूमा सचेतनामूलक फ्लेक्स वितरण गरेका हुन् ।


संघले शाक्य गहना गृह, महेन्द्रपुल, क्रिस कञ्चन ज्वेलरी, महेन्द्रपुल, एलिगेन्स ट्रेड सेन्टर, चिप्लेढुंगा, साइकल ल्याण्ड, नयाँसडक, पृथ्वी सुनचाँदी दुकान, लखनचोक, एसबीएस गोल्ड सुनचाँदी दोकान, नयाँसडक, बिरौटा हार्डवेयर, बिरौटा, हिमालयन पोलिक्लिनिक एण्ड डाइग्नोष्टिक सेन्टर, प्रस्याङमा फ्लेक्स वितरण गरेको हो । त्यस्तै, लक्ष्मी किराना पसल, नदीपुर, अनन्त हार्डवेयर, नदीपुर, सन्देश फोटो, तेर्सापट्टी, बीएण्डबी क्याफे, तेर्सापट्टी, नापित भकारी पसल, भीमसेनटोल, गहना घर, मोहरियाटोल, विक्रम फेन्सी, मोहरिया टोल, लक्ष्मी चाँदी पसल, पालिखेचोक, धर्मशीला बुद्ध बिहार, नदीपुर, स्वराज गहना, मोहरिया टोलमा फ्लेक्स वितरण गरेको संघकी कमला थापाले जानकारी दिनुभयो ।
संघले यसअघि, लकडाउनका बेला निःशुल्क मास्क तथा पर्चा वितरण, भोजनदानलगायतका कार्यक्रम समेत सम्पन्न गरिसकेको थापाले बताउनुभयो ।

Advertisment