बकर इदका अवसरमा गण्डकी प्रदेश प्रमुख शेरचनको शुभकामना

पोखरा, १७ साउन
गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले इस्लाम धर्मावलम्बीको दोस्रो ठूलो पर्व इद–उल–अज्हा (बकर इद)का अवसरमा शुभकामना दिनुभएको छ ।
शनिबार बिहान शुभकामना सन्देश जारी गर्दै प्रदेश प्रमुख शेरचनले यस्ता चाडपर्वले आपसी सद्भाव र राष्ट्रिय एकता कायम गर्न सघाउ पु¥याएको समेत बताउनुभएको छ । साथै, उहाँले बकर इदले राष्ट्रियताको रक्षा, आर्थिक सुशासन तथा सामाजिक न्यायको प्रवद्र्धनका लागि प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्नुभएको छ ।

Advertisment