दिलु, ज्ञानु र दिलसराको ‘तीजको लहर छायो बरिलै’

पोखरा, १६ साउन
लोक तथा दोहोरी गायिकात्रय दिलु सलामी, ज्ञानु राना र दिलसरा काउछाको नयाँ तीज गीत सार्वजनिक भएको छ ।
गायिका दिलु, ज्ञानु र दिलसराले “तीजको लहर छायो बरिलै” नामक तीजे गीत सार्वजनिक गरेका छन् । गायिकात्रयले गीतमा साथीसंगी धेरैपछि भेट भएको र गीत गाउन एवं नाच्न मन लागेको विषयलाई उल्लेख गरेका छन् ।
यस तीज गीतको शब्द दिलु र ज्ञानुको हो भने लय दिलसराको हो । गीतको एरेञ्ज चुमन काउछाले गरेका हुन् । त्यस्तै, चुमन काउछाकै निर्देशन रहेको म्यूजिक भिडियोमा खुशी बुढा, विमता मगर, लिजा मगर, देविका मगर, प्रिया मगर, निर्मला मगरलगायतले अभिनय गरेका छन् ।
म्यूजिक भिडियोमा वसन्त महर्जनको छायांकन, उदिराम खड्काको कोरियोग्राफी, हुम गैरेको सम्पादन, मीना काउछाको श्रृंगार, रुविन मगरको मिक्सिङ रहेको छ । दृश्य निर्माण विशाल मुभिज प्रालिको रहेको छ भने रेकर्डिङ मञ्जरी स्टुडियो रहेको छ ।
गायिका दिलु सलामी, लोक तथा दोहोरी गायन क्षेत्रमा चिरपरिचित नाम हो । झण्डै एक दशकपछि गायिका दिलु पुनः गायनमा फर्केकी हुन् । लामो समयपछि गायनमा फर्किँदा आफूलाई असहज महसुस भएको बताउँदै उनले अब भने गायनलाई निरन्तरता दिने प्रयास गर्ने बताइन् । तीन जना मिलेर गाएको तीज गीतलाई दर्शक, स्रोताले मन पराइदिनेमा उनी विश्वस्त छिन् । उनले हालः काठमाडौंमा यानीमाया रोधीं घर सञ्चालन गरेकी छन् ।

Advertisment