मुक्तिनाथ विकास बैंकलाई उत्कृष्ट वार्षिक प्रतिवेदन पुरस्कार

काठमाण्डौं, १ साउन । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था आइक्यानले ले हरेक वर्ष नेपाल वित्तीय प्रतिवेदन मान प्रणाली मार्फत वित्तीय विवरण प्रकाशन गर्ने उत्कृष्ट संस्थालाई दिने पुस्कारबाट यस वर्ष मुक्तिनाथ विकास बैंक पुरस्कुत भएको छ ।
आइक्यानले विभिन्न विधामध्ये वित्तीय क्षेत्रतर्फ आर्थिक वर्ष २०७५÷०७६ को लागि उत्कृष्ट वार्षिक प्रतिवेदन प्रस्तुति पुरस्कार मुक्तिनाथ विकास बैंकलाई प्रदान गरेको हो ।

आइक्यानले उत्कृष्ट वार्षिक वित्तीय प्रतिवेदन विधामा बैंकिङ्ग, वित्तीय, बीमा क्षेत्र, सार्वजनिक र सामान्य क्षेत्र तोकेको थियो । त्यसमा विकास बैंक र वित्त कम्पनीमध्येबाट मुक्तिनाथ विकास बैंकले वित्तीय क्षेत्र विधाको उत्कृष्ट पुरस्कार प्राप्त गरेको हो । आइक्यानले संस्थाको नवनिर्वाचित अध्यक्ष र उपाधक्ष्यको शपथ ग्रहण समारोहमा उक्त पुरस्कार प्रदान गरेको हो । महालेखा परिक्षक टंकमणि शर्माले मुक्तिनाथ बैंकका कार्यकारी प्रमुख अधिकृत प्रद्युमन पोखरेललाई उक्त पुरस्कार प्रदान गर्नुभएको थियो । बैंकिङ्ग क्षेत्रमा उक्त पुरस्कारलाई प्रतिष्ठित पुरस्कार मानिन्छ । बैंकले हाल ४२ जिल्लाका १३६ शाखामार्फत ग्राहकका आवश्यकता बमोजिमका बचत, निक्षेप तथा कर्जा सेवा प्रदान गरिरहेको छ । प्रविधिमा आधारित रही मोबार्ईल बैंकिङ्ग, क्यूआर पेमेन्ट, एटिएम, अनलाईन बैंकिङ्ग लगायतका सेवा प्रदान गरिरहेको बैंकका प्रमुख सूचना अधिकारी तिलबहादुर गुरुङ्गले बताउनुभयो ।

Advertisment