गण्डकी प्रदेश प्रमुख शेरचनद्वारा विधेयक प्रमाणिकरण

पोखरा, २८ असार
गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले गण्डकी प्रदेशसभाले पारित गरेको विनियोजन विधेयक–२०७७ प्रमाणिकरण गर्नुभएको छ ।
सभामुख नेत्रनाथ अधिकारीले प्रमाणित गरी पठाउनुभएको सो विधेयक नेपालको संविधानको धारा २०१ को उपधारा (२) बमोजिम प्रदेश प्रमुख शेरचनले प्रमाणिकरण गर्नुभएको हो । त्यसैगरी, प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक समेत प्रदेश प्रमुख शेरचनले प्रमाणिकरण गर्नुभएको छ ।

Advertisment