प्रदेश गृहमन्त्री अजितद्वारा म्याग्दीका पहिरोस्थलको निरीक्षण

पोखरा, २७ असार
गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री हरिबहादुर चुमान “अजित”ले म्याग्दीको पहिरोस्थलको निरीक्षण गर्नुभएको छ ।
बिहीबार राती परेको अविरल वर्षाका कारण म्याग्दीको धौलागिरि गाउँपालिका–६, मराङ, मालिका गाउँपालिकालगायतका क्षेत्रमा पहिरो जाँदा ठूलो धनजनको क्षति भएको छ । पहिरोस्थलको निरीक्षणसँगै मन्त्री चुमानले पहिरोले पु¥याएको जनधनको क्षति र उद्दार कार्यबारे विस्तृत जानकारी समेत लिनुभएको छ ।
सो अवसरमा मन्त्री चुमानले पहिरो प्रभावितका परिवारलाई गण्डकी प्रदेश सरकारको तर्फबाट राहत सामग्री वितरण गर्नुभएको मन्त्री चुमानका स्वकीय सचिव रामहरि बजगाईंले जानकारी दिनुभयो । बजगाईंका अनुसार पहिरोपीडितका लागि मन्त्री चुमानले त्रिपाल, टेन्ट र खाद्यान्न वितरण गर्नुभएको हो । मन्त्री चुमान गण्डकी प्रदेशका विभिन्न सुरक्षा निकायका प्रमुखसहित पहिरोस्थलमा पुग्नुभएको हो । पहिरोका कारण म्याग्दीमा २७ जनाको मृत्यु भएको छ भने झण्डै १ हजार जना विस्थापित भएका छन् ।

Advertisment