कार्यसिद्धि विनायक मन्दिर जिर्णोद्धार गर्न गुरुङ परिवारको ५० हजार बढी सहयोग

पोखरा, १३ असार
पोखरा–२, मोहरियाटोलस्थित कार्यसिद्धि विनायक मन्दिरको जिर्णोद्धारका लागि हङकङनिवासी गुरुङ परिवारले आर्थिक सहयोग गरेका छन् ।
स्वर्गीय नरबहादुर गुरुङको स्मृतिमा पर्वतको मोदी गाउँपालिका–५, बाजुङ, फलाल्ने हालः पोखरा–२, मोहरियाटोलनिवासी श्रीमती सावित्रीकुमारी गुरुङ र उहाँका छोरा हङकङनिवासी समाजसेवी दुर्गा गुरुङ “मिलन”ले ५० हजार ५ सय १ रुपैयाँ मन्दिरको जिर्णोद्धारका लागि आर्थिक सहयोग गर्नुभएको हो ।
सो सहयोग रकम शुक्रबार एक कार्यक्रमका बीच पोखरा महानगरपालिका वडा नं. २ का वडाध्यक्ष रामेश्वर मल्ललाई हस्तान्तरण गरिएको छ । सहयोग रकम हस्तान्तरणपछि बोल्दै वडाध्यक्ष मल्लले समाजसेवी गुरुङ र उहाँको परिवारप्रति सहयोगका लागि धन्यवाद दिँदै निःस्वार्थ सामाजिक कार्यमा लागेको कमी भएको बेलामा उहाँको सहयोग अमूल्य रहेको उल्लेख गर्नुभयो । मिलन ट्रष्टकी संरक्षक समाजसेवी सावित्री गुरुङ, उहाँका छोरा मिलन फाउण्डेशन नेपालका संरक्षक समाजसेवी दुर्गा गुरुङ “मिलन” र बुहारी मिलन फाउण्डेशन नेपालकी अध्यक्ष गंगाकुमारी गुरुङले विभिन्न सामाजिक कार्यका लागि आर्थिक सहयोग गर्दै आउनुभएको छ ।

Advertisment