अर्थमन्त्री गुरुङद्वारा गण्डकी प्रदेश प्रमुख शेरचनलाई आगामी बजेटबारे जानकारी

पोखरा, ३२ जेठ
गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७÷०७८ का लागि ल्याउन लागेको बजेटबारे प्रदेश प्रमुख अमिक शेरचनलाई जानकारी गराउनुभएको छ ।
प्रदेश प्रमुखलाई बजेटबारे जानकारी गराउने परम्परा अनुसार मन्त्री गुरुङले बजेटका सैद्धान्तिक आधारबारे प्रदेश प्रमुख शेरचनसमक्ष ब्रिफिङ गर्दैै बजेटका सैद्धान्तिक आधार पुस्तिका हस्तान्तरण गर्नुभएको छ । बजेटको आधार पुस्तिका ग्रहण गर्दै प्रदेश प्रमुख शेरचनले मन्त्री गुरुङलाई धन्यवाद व्यक्त गर्नुभयो । मन्त्री गुरुङले सोमबार गण्डकी प्रदेशसभामा आगामी आर्थिक वर्षका लागि प्रदेशको बजेट प्रस्तुत गर्ने कार्यक्रम छ । यसअघि, चालु आर्थिक वर्षका लागि गण्डकी प्रदेश सरकारले ३२ अर्ब १३ करोडको बजेट ल्याएको थियो । यसपाली भने कोरोना महामारीका कारण बजेटको आकार केही घट्ने अनुमान गरिएको छ ।

Advertisment