गण्डकी प्रदेश प्रमुख शेरचनद्वारा प्रदेशसभा सदस्य बरालको स्वास्थ्य लाभको कामना

पोखरा, २७ जेठ
गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचाररत गण्डकी प्रदेशसभा सदस्य रामजी बराल ‘जीवन’को स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ ।
प्रदेश प्रमुख शेरचनले पेटको शल्यक्रिया गरी उपचाररत रहनुभएका प्रदेशसभा सदस्य बराललाई मंगलबार भेटी स्वास्थ्य अवस्थाबारे जानकारी लिनुका साथै, स्वास्थ्य लाभको कामना गर्नुभयो । उपचारपछि प्रदेशसभा सदस्य बराल मंगलबार नै अस्पतालबाट डिस्चार्ज हुनुभएको छ ।
यसैबीच, प्रदेश प्रमुख शेरचनले सोही अवसरमा आफ्नो दन्त परीक्षण गराइ उपचार गराउनुभएको छ । डा. पूर्णप्रसाद खनाल, डा. सुनिल पनेरू, सन्तोषी थापालगायतको टोलीले प्रदेश प्रमुख शेरचनको दाँतको आरसिटी गरेको हो । प्रदेश प्रमुख शेरचनले सो अवसरमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा.डा. बुद्धिबहादुर थापा, डीन प्रा.डा. नरेन्द्रविक्रम गुरुङ र अस्पतालका निर्देशक डा. अर्जुन आचार्यसँग उपचार र अस्पतालका बारेमा जानकारी लिनुभएको थियो ।

Advertisment