२५ मेगावाटको सेती नदी जलविद्युत आयोजनाको काम सुचारु

पोखरा, ३० वैशाख
नेपालमा कोरोना भाइरस (कोभिड–१९)का संक्रमित भएपछि जारी लकडाउनका कारण रोकिएको २५ मेगावाटको सेती नदी जलविद्युत आयोजनाको काम सुचारु भएको छ ।
कास्कीको माछापुच्छ«े गाउँपालिका–२, भुर्जुङखोलामा भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेड अन्तर्गत सेती नदी हाइड्रोपावर लिमिटेडले निर्माण गरिरहेको सो आयोजनाको काम लकडाउनका कारण ६ सातासम्म बन्द भएको आयोजना प्रबन्धक ई. लेखनाथ पाण्डेले जानकारी दिनुभयो । पाण्डेका अनुसार नेपाल सरकारले ठूला आयोजनालाई सञ्चालन गर्न दिने भएपछि आवश्यक सावधानीका साथ आयोजनाको काम पुनः सुरु गरिएको हो ।
आगामी २७ महिनाभित्र आयोजना निर्माण सम्पन्न गरी विद्युत उत्पादन सुरु गर्ने योजना भएपनि देशको परिस्थिति अनुसार आयोजनाको काम अघि बढ्ने कम्पनीका जनसम्पर्क निर्देशक बमबहादुर गुरुङले जानकारी दिनुभयो । निर्देशक गुरुङका अनुसार सरकारले तोकेको आवश्यक शर्तसहित अहिले आयोजनाको काम सुचारु गरिएको छ ।

Advertisment