मनोचिकित्सक संघ र एनसेलको सहकार्यमा निःशुल्क कल सुविधा

पोखरा, २५ वैशाख
नेपाल मनोचिकित्सक संघले एनसेलसँगको सहकार्यमा मानसिक स्वास्थ्यसम्बन्धी परामर्शका लागि निःशुल्क कलको व्यवस्था गरेको छ ।
नोवेल कोरोना भाइरसको महामारीले गर्दा उत्पन्न हुने मानसिक समस्याका लागि पैसा नलाग्ने एनसेलको नम्बरमार्फत् निःशुल्क परामर्श दिइने संघका महासचिव मनोरोग विशेषज्ञ डा. राजन शर्माले जानकारी दिनुभयो । डर लाग्ने, निद्रा नलाग्ने अथवा आफ्नो विचार नियन्त्रण भन्दा बाहिर गएझैं लाग्ने भएमा पैसा नलाग्ने एनसेल नम्बर ९८०५५५४५०१ मा फोन गरी मनोचिकित्सकसँग निःशुल्क परामर्श लिन डा. शर्माले आग्रह गर्नुभएको छ ।

Advertisment