लाफा ग्रुपद्वारा मजदुरका २ सय परिवारलाई राहत वितरण

काठमाडौं, १४ वैशाख
लकडाउनका कारण समस्यामा परेका मजदुरका २ सय परिवारलाई लाफा ग्रुप लिमिटेडले राहत वितरण गरेको छ । कम्पनीका तर्फबाट र कम्पनीका शेयर सदस्यहरूबाट संकलित राहत विभिन्न जिल्लाका समस्यामा परेका मजदुरका परिवारलाई वितरण गरिएको कम्पनीकी अध्यक्ष चन्द्रज्योति आलेले जानकारी दिनुभयो ।


गुल्मी, पाल्पा, रुपन्देही, बागलुङ, म्याग्दी, गोरखा, धादिङ, काभ्रे, दोलखा, सिन्धुली, रामेछाप, उदयपुर, धनुषा, धनकुटा, मोरङलगायतका जिल्लाका मजदुरका परिवारलाई राहत स्वरुप दाल, चामल, नुन, तेललगायत खाद्यान्न वितरण गरिएको हो । राहतका लागि सहयोग गर्नेहरूमा कम्पनीकी अध्यक्ष चन्द्रज्योति आलेसहित शेयर सदस्यहरू जंगबहादुर पुलामी, खड्गबहादुर थापा, रक्षबहादुर रैका, मनमाया थापा, भीमप्रसाद रोकाय, लंकमान रोका, डा. मीन श्रीस, सरिता थापा, दलु पुन, तिलु आले, उषा मगर, दानबहादुर थापा, सीता थापा, हेमप्रकाश थापा, भीम थापा रहनुभएको छ ।


त्यसैगरी, निर आले, प्रकाश थापा, सुमन आले, जनक थापा, जयराम लुइँटेल, नरबहादुर पुन, सुशीला थापा, निखिता थापा, सृजना आलेले पनि राहतका लागि सहयोग गर्नुभएको हो । त्यस्तै, समिता बराल, सागर आले, तुल घर्ती, प्रसाद खप्तरी र प्रिती आलेले राहतका लागि सहयोग गर्नुभएको हो ।

तस्वीर सौजन्य ः लाफा ग्रुप लिमिटेड

Advertisment