पोखरा महानगरको राहत कोषमा ४ करोड ७ लाख

पोखरा, १२ वैशाख । पोखरा महानगरपालिकाले स्थापना गरेको राहत कोषमा सहयोग आउने क्रम जारी छ । शुक्रबारसम्म महानगरको कोषमा ४ करोड ७ लाख ३३ हजार ४ सय ९ रुपैयाँ जम्मा भएको छ ।
निर्माण व्यवसायी समिति पोखराले १ लाख १ हजार ५ सहयोग गरेको छ ।समितिका अध्यक्ष नारायण गुरुङ लगायतको टिमले महानगर प्रमुख मानबहादुर जिसीलाई चेक हस्तान्तरण गरेको हो । सगरमाथा माविले पनि ५० हजार सहयोग गरेको छ । माविका संस्थापक कृष्णराज अधिकारी, प्राचार्य धनबहादुर थापाले उक्त रकम बराबरको चेक महानगर प्रमुख जिसीलाई हस्तान्तरण गरेका हुन् ।

नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ कास्कीले २४ हजार ५ सय सहयोग गरेको छ । महासंघका कास्की अध्यक्ष मोहनप्रसाद सापकोटा, केन्द्रीय उपाध्यक्ष ऋषिराम शर्मा, केन्द्रीय सदस्य शिवराज बास्तोला र कास्कीका सदस्य प्रकाश बास्तोलाको टोलीले नगरप्रमुख जिसीलाई रकम हस्तान्तरण गरेको हो ।

कलम बचत तथा ऋण सहकारीले २५ हजार सहयोग गरेको छ । सहकारी अध्यक्ष ऋषिराम शर्माले चेक नगरप्रमुख जिसीलाई हस्तान्तरण गरेका हुन् । नेपाली एकता मञ्च बेल्जियमका सदस्य चन्द्रकुमारी गुुरुङले २० हजार सहयोग गरेकी छन् । उनले पठाएको रकम वडा नम्बर १७ का वडा सदस्य शान्ता गुरुङले महानगर प्रमुख जिसीलाई हस्तान्तरण गरेकी हुन् । सहयोग गर्ने सम्पूर्ण संघ संस्थालाई महानगर प्रमुखले आभार व्यक्त गरेका छन् ।पोखरा महानगरपालिकाको राहत कोषमा बधुबारसम्म ४ करोड २ लाख ८७ हजार ८ सय ९९ रुपैंया जम्मा भएको छ । पोखरा महानगरपालिकाको विपद् व्यवस्थापन कोष राष्ट्रिय वाणिज्य बैंक पृथ्वीचोकस्थित खाता नम्बर ३०२०३०५०४९४०६ मा रकम जम्मा गर्न सकिने छ ।

Advertisment