नेपाल राष्ट्र बैंकको नयाँ गभर्नरमा महाप्रसाद अधिकारी

काठमाडौं, २४ चैत्र
सरकारले नेपाल राष्ट्र बैंकको गभर्नरमा महाप्रसाद अधिकारीलाई नियुक्त गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको मन्त्रिपरिषद बैठकले राष्ट्र बैंकका पूर्वडेपुटी गभर्नर रहिसकेका लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत अधिकारीलाई गभर्नरमा नियुक्त गरेको हो ।
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारले नै उहाँलाई बोर्डको सीईओमा नियुक्त गरेको थियो । बोर्डमा दुई महिना कार्यकाल बाँकी रहँदै अधिकारी गभर्नर बन्नुभएको छ । यसअघि अर्थमन्त्री डा. युवराज खतिवडाको संयोजकत्वमा गठित सिफारिस समितिले डा. राजन खनाल, महाप्रसाद अधिकारी र चिन्तामणि सिवोकाटीको नाम सिफारिस गरेर मन्त्रिपरिषद्मा पठाएको थियो ।

Advertisment