कोरोना कोषमा दोहोरी प्रतिष्ठान, गण्डकीको १ लाख १ सय सहयोग

पोखरा, २१ चैत्र
विश्वभर माहामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण अहिले देश लकडाउन छ । कोरोना नियन्त्रण र रोकथामका लागि सरकारले गरेको लकडाउन आगामी २५ गतेसम्म जारी रहने छ । यसैबीच, गण्डकी प्रदेश सरकारले स्थापना गरेको राहात कोषमा विभिन्न संघसंस्थाले सहयोग गर्ने क्रम जारी रहेको छ ।
बिहीबार मात्र सो कोषमा माछापुच्छ«े बैंकले ५ लाख, कृषि बिकास बैंक ५ लाख,
सिटिजन्स बैंक ५ लाख सहयोग गरेका छन् । यस्तै, बिहीबार नै कोषमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकी प्रदेशले १ लाख १ सय सहयोग गरेको छ । यस्तै, युनाइटेड क्लब पोखराले सो कोषमा १ लाख सहयोग गरेको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वभर फैलिएको महामारीको सामना गर्न सबै एकजुट हुनुपर्ने बताउनुभयो ।

Advertisment