विश्वमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ५३ हजार नाघ्यो

काठमाडौं, २१ चैत्र
चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसबाट विश्वभर संक्रमित हुनेको संख्या १० लाख नाघेको छ । पछिल्लो विवरणअनुसार १० लाख १४ हजार ४९९ जना संक्रमित भएका हुन् । यसगरी भाइरसका कारण विश्वभर मृत्यु हुनेको संख्या ५३ हजार १६६ पुगेको छ । करिब ६ हजार मृतक थपिँदा मृत्यु हुनेको संख्या बढेको हो ।
दुई लाख १२ हजार मानिस निको भएर घर फर्कंदा करिब ८० हजारमा नयाँ संक्रमण फेला परेको छ । अमेरिकामा सबैभन्दा बढी २ लाख ४४ हजारभन्दा बढीमा भाइरसको संक्रमण भएको छ । त्यहाँ ६ हजारभन्दा बढीको मृत्यु भएको छ । १८९ नयाँ मृत्यु थपिएको छ । इटालीमा सबैभन्दा धेरैको मृत्यु भएको छ । त्यहाँ १३ हजार ९१५ को मृत्यु भएको छ । ७६० नयाँ मृतक थपिएका छन् । इटालीपछि सबैभन्दा बढी १० हजार ३४८ जनाको ज्यान गएको छ । त्यहाँ ९६१ नयाँ मृतक थपिएका छन् ।
बेलायतको स्वास्थ्य सेवाका अनुसार उपचारका क्रममा अस्पतालमा मृत्यु भएकाहरुको संख्या २ हजार ९ सय २१ पुगेको छ । त्यहाँ नयाँ मृतक संख्या ५६९ थपिएको छ । संक्रमण हुनेको संख्या ३३ हजार ७१८ पुगेको छ । इरानमा मृत्यु हुनेको संख्या ३ हजार १६० पुगेको छ । नेदरल्याण्डमा १३३९, जर्मनीमा ११०७, बेल्जियममा १०११ जनाको मृत्यु भएको छ । (एजेन्सी)

Advertisment