कोरोनाबाट विश्वभर मृत्यु हुनेको संख्या ३३ हजार ९ सय नाघ्यो

पोखरा, १७ चैत्र
विश्वभर महारामारीको रुपमा फैलिरहेको कोरोना भाइरस कोभिड–१९ का कारण मृत्यु हुनेको संख्या ३३ हजार ९ सय ५६ पुगेको छ । ७ लाख २१ हजार ३ सय २३ जनामा भाइरस संक्रमणको पुष्टि भइसकेको छ । संक्रमितहरु ठूलो संख्यामा उपचार पछि निको पनि भएका छन् । पछिल्लो तथ्यांक अनुसार १ लाख ५१ हजार ४ जना उपचारपछि निको भएका छन् ।
कोरोनाको चर्को महामारी खेपिरहेको इटालीमा थप ७ सय ५६ जनाको मृत्यु भएपछि त्यहा मृतकको संख्या १० हजार ७ सय ७९ पुगेको छ । कोरोनासंग जुधिरहेको अर्को यूरोपेली मुलुक स्पेनमा एकैदिन थप ८ सय २१ जनाका मृत्यु भएको छ । त्यहां कोरोनाका कारण मृत्यु हुनेको संख्या ६ हजार ८ सय ३ पुगेको छ ।
उता इरानमा २ हजार ६ सय ४० जनाको मृत्यु भएको छ । फ्रान्समा २ हजार ६ सय ६ जनाको मृत्यु भएको छ । अमेरिकामा पनि कोराना संक्रमण तीब्र गतिमा फैलिरहेको छ । त्यहाँ थप २ सय ५१ जनाको मृत्यु भएको छ । यो संगै अमेरिकाका कोरोना संक्रमितको संख्या १ लाख ४१ हजार ८ सय ११ र मृत्यु हुनेको संख्या २४ सय ७१ पुगेको छ ।
बेलायतमा १२ सय २८ जनाको मृत्यु भएको छ । जर्मनीमा ५ सय ४१ जनाको मृत्यु भएको छ । कोरोना संक्रमण नियन्त्रण गरेको चीनमा हालसम्म ३ हजार ३ सय जनाको मृत्यु भएको छ । नेदरल्याण्डका ७ सय ७१ जनाको मृत्यु भएको छ भने बेल्जियममा ४ सय ३१ जनाको मृत्यु भएको छ । पोर्चुगलमा १ सय १९ जनाको मृत्यु भएको छ भने ब्राजिलमा १ सय ३६ जनाको मृत्यु भइसकेको छ ।
इन्डोनेशियामा १ सय १४ जनाको मृत्यु भएको छ । यस्तै भारतमा मृतकको संख्या २७ र संक्रमित १ हजार २४ पुगेका छन् । पाकिस्तानमा कोरोनाका कारण १४ जनाको मृत्यु र १५ सय ९७ जना संक्रमित भएका छन् ।

Advertisment