कोरोनाविरुद्धको लडाइँमा सरकारलाई साथ दिनुस् ः प्रचण्ड

काठमाडौं, १५ चैत्र
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री प्रचण्डले घरभित्रै बसेर कोरोना भाइरस (कोभिड १९) महामारीविरुद्धको लडाईं जित्न सरकारलाई साथ दिन आह्वान गर्नुभएको छ ।
शनिबार अध्यक्ष प्रचण्डले भिडियो सन्देशमार्फत् जनतालाई घरमै बस्न र सुरक्षित रहन आग्रह गर्नुभएको हो । अध्यक्ष प्रचण्डले सरकारले गरेको लकडाउनको पूर्ण पालना गर्न आग्रह गर्दै आधिकारिक सूचनाले मात्रै जोखिमबाट जोगिन सकिने भएकाले सरकार र विश्व स्वास्थ्य संगठनले जारी गरेका आधिकारिक निर्देशन तथा आचारसंहिताको पालना गर्न सबैलाई अपिल गर्नुभयो । अध्यक्ष प्रचण्डले जनता र सरकारले आवश्यक सावधानी अपनाएकोमा धन्यवाद दिँदै थप सावधानी अपनाउन आग्रह गर्नुभयो । अध्यक्ष प्रचण्डले तीनै तहका सरकार र पार्टीका सदस्यहरुलाई यसविरुद्धको लडाईंमा सावधानीपूर्वक नेतृत्व गर्न आह्वान समेत गर्नुभएको छ । अध्यक्ष प्रचण्डले दैनिक ज्यालादारीबाट जीविकोपार्जन गर्ने जनताको खाद्यान्न लगायतको व्यवस्थापनमा आवश्यक सहयोग र राहत प्याकेजमा सरकारको ध्यान जाने विश्वास समेत व्यक्त गर्नुभएको छ ।

Advertisment