राजमो सांसद् पियारी थापालाई मातृशोक

पोखरा, १५ चैत्र
राष्ट्रिय जनमोर्चाकी केन्द्रीय सदस्य तथा गण्डकी प्रदेशसभा सदस्य पियारी थापालाई मातृशोक परेको छ ।
सांसद् थापाकी आमा बागलुङको बरेङ गाउँपालिका वडा नं. ५, सुखौरानिवासी कुमारी थापाको ५१ वर्षको उमेरमा शनिबार निधन भएको हो । यसैबीच, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले शोक वक्तव्य जारी गर्दै स्व. कुमारी थापाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै सांसद् थापाको परिवारजनमा समवेदना व्यक्त गर्नुभएको छ ।

Advertisment