नेपालमा कोरोना संक्रमितको संख्या पाँच पुग्यो

पोखरा, १५ चैत्र
नेपालमा शनिबार पनि एक जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले शनिबार दिउँसो पत्रकारसम्मेलन गरी बेल्जियमबाट कतार हुँदै काठमाडौं आएकी बागलुङकी १९ वर्षीया युवतीमा कोरोना भाइरस पुष्टि भएको बताउनुभयो ।
चैत ४ गते (१७ मार्च) मा कतार एयरवेजको क्युआर ६५२ फ्लाइटबाट नेपाल आएका व्यक्तिमा कोरोना देखिएको र उपचार सुरु गरिएको उहाले जानकारी दिनुभयो । कोरोना देखिएको व्यक्ति सामान्य रहेको प्रवक्ता देवकोटाले जानकारी दिनुभयो । उहाले यसअघि धनगढीमा भेटिएका कोरोना संक्रमितको सम्पर्कमा रहेका व्यक्तिहरुको स्वास्थ्य जाँच सुरु गरिएको बताउनुभयो । उहाँले कोरोनाको जानकारी लिन मन्त्रालयले १११५ र ११३३ कल सेन्टर खुल्ला गरिएको जानकारी दिनुभयो ।

Advertisment