प्रधानमन्त्री ओली अस्वस्थ भएपछि अस्पताल भर्ना

काठमाडौं, १४ चैत्र
प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना हुनुभएको छ । बिहीबार राती ११ बजे प्रधानमन्त्री ओलीले असहज महसुस गरेपछि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको अस्पताल स्रोतले जनाएको छ ।
ओलीको स्वास्थ्यस्थिति के कस्तो छ भन्ने बारे उहाँको सचिवालय र अस्पताल स्रोतले केही खुलाएको छैन् । प्रधानमन्त्री ओली गत फागुन ३० गते सोही अस्पतालबाट दोस्रोपल्ट मिर्गौला प्रत्यारोपण गरि ११ दिनमा बालुवाटार फर्किनुभएको थियो । उहाँलाई डिस्चार्ज गर्ने समयमा चिकित्सकले उहाँ अझै पनि संक्रमणको जोखिममा रहेको भन्दै कडा सावधानी अपनाउन भनेका थिए । तर, बालुवाटार फर्किएलगत्तै ओलीले राजनैतिक भेटघाटलाई तीव्रता दिनुभएको थियो ।

Advertisment