कोरोना संक्रमणबाट सुरक्षित रहन लाफा ग्रुपको अपिल

काठमाडौं, १३ चैत्र
लाफा ग्रुप लिमिटेडले नोवेल कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट सुरक्षित हुन अपिल गरेको छ ।
कोरोना संक्रमणले यतिबेला विश्व नै आक्रान्त बनेको अवस्थामा विश्वभर रहेका मानिसहरू सुरक्षित रहनुपर्ने आवश्यकता औंल्याउँदै यसको रोकथामका लागि सबैले आ–आफ्नो ठाउँबाट पहल गर्न लाफा ग्रुप लिमिटेडकी अध्यक्ष चन्द्रज्योति आलेद्वारा जारी प्रेस विज्ञप्तिमा आग्रह गरिएको छ ।
नेपाल समेत यसको उच्च जोखिममा रहेको अवस्थामा नेपाल सरकारले गरेको ’लक डाउन’को पूर्णतः पालना गर्न अपिल गर्दै अध्यक्ष आलेले कोरोना संक्रमणबाट आफू बच्न र अरुलाई पनि बचाउन घरमै बस्न आग्रह समेत गर्नुभएको छ । साथै, कोरोना संक्रमणको जोखिम रहेपनि नआत्तिन, धैर्य गर्न र सतर्कता अपनाउन समेत उहाँले अनुरोध गर्नुभएको छ ।

Advertisment