मृगौलापीडित सुशीला पुनद्वारा सहयोगको याचना

पोखरा, २ चैत्र
बागलुङको निसीखोला गाउँपालिका–१, देवीस्थानकी ३३ वर्षीया सुशीला पुन यतिबेला पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचाररत हुनुहुन्छ । अविवाहित सुशीलाले गत कात्तिकमा मात्र दुवै मृगौला फेल भएको थाहा पाउनुभयो ।
पाल्पाको युनाइटेड मिसन अस्पतालमा मृगौला खराब भएको थाहा भएपछि त्यहाँबाट थप उपचारका लागि उहाँलाई भैरहवास्थित युनिभर्सल मेडिकल कलेज रिफर गरियो । युनिभर्सल मेडिकल कलेजले पनि सुशीलालाई औषधी दिएर घर पठायो । अहिले मणिपाल शिक्षण अस्पताल, पोखरामा नियमित डाइलासिस गराइरहनुभएकी सुशीलाले दिनमा तीन पटकसम्म पेरिटोनियल डाइलासिस गर्नुपर्छ ।
सामान्य किसान परिवारकी सुशीलालाई यतिबेला आर्थिक समस्याका कारण नियमित डाइलासिस गराइरहन गाह्रो भएको छ । मृगौला प्रत्यारोपणका लागि समेत २०÷२५ लाख रुपैयाँ खर्च हुने भएकाले आर्थिक अभावका कारण उपचारमा समस्या भएको सुशीलाकी दाजु भक्त पुनले बताउनुभयो । आर्थिक अभावका कारण उपचारमा समस्या भएको भन्दै मृगौलापीडित सुशीलाले आफ्नो ज्यान बचाइदिन सबैसँग अपिल गर्नुभएको छ ।
मृगौलापीडित सुशीलालाई सहयोग गर्न दाइ भक्त पुनको सम्पर्क नम्बर ९८६११३१९४२ र भदै दुर्गा पुनको सम्पर्क नम्बर ९८४६४८३१९६ मा सम्पर्क गर्न सकिनेछ भने दाइ भक्तबहादुर पुनको नाममा प्रभु बैंक लिमिटेड, बुर्तिबाङ शाखामा रहेको बैंक खाता नम्बर ०७२०१०००४८७८०१०००००१ मा सीधै रकम जम्मा समेत गर्न सकिनेछ ।

Advertisment