बागलुङ–पोखरा मगर समाजद्वारा २०७७ सालको भित्तेपात्रो विमोचन

पोखरा, १ चैत्र
बागलुङ–पोखरा मगर समाजले नयाँ वर्ष २०७७ सालको भित्तेपात्रो प्रकाशन गरी शनिबार विमोचन गरेको छ ।
समाजका सल्लाहकारहरू भीमबहादुर श्रीसमगर, क्या. मीनबहादुर पुनमगर, सुनिता रानामगर, माया थापामगर र अध्यक्ष रामबहादुर पुनमगरले भित्तेपात्रो विमोचन गर्नुभएको हो । समाजले हरेक नयाँ वर्षमा भित्तेपात्रो प्रकाशन गरी विमोचन गर्दै आएको छ ।
त्यसैगरी, समाजले नयाँ सदस्य यामबहादुर श्रीसमगरलाई स्वागत समेत गरेको छ ।

Advertisment