मगर महिला संघ, कास्कीको तीन महिने सिलाइ कटाइ तालिम सुरु

पोखरा, १ चैत्र
सामाजिक विकास मन्त्रालय, गण्डकी प्रदेश अन्तर्गत व्यवसायिक तालिम केन्द्र र नेपाल मगर महिला संघ, कास्कीको संयुक्त आयोजनामा तीन महिने सिलाइ कटाइ तालिम शुक्रबारदेखि सुरु भएको छ ।
तालिमको उद्घाटन गर्दै नेपाल मगर महिला संघकी केन्द्रीय सदस्य फूलकुमारी थापामगरले मगर महिलाहरूलाई सीप सिकाएर आत्मनिर्भर बनाउन आवश्यक रहेको बताउनुभयो । आफूले सिकेको सीपलाई व्यवहारमा उतार्नुपर्ने बताउँदै उहाँले सीपमूलक तालिम अहिलेको आवश्यकता भएको बताउनुभयो ।
कार्यक्रममा नेपाल मगर संघ, गण्डकी प्रदेश सदस्य ज्ञानीसरा रानामगर, नेपाल मगर महिला संघ, गण्डकी प्रदेशकी कोषाध्यक्ष तुलसी थापामगर, व्यवसायिक तालिम केन्द्रका प्रमुख अनिल सुवेदी, सामाजिक विकास मन्त्रालयका अधिकृत युवराज अर्याल, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रतिनिधि अशोक गौतम, मगर भाषा प्रतिष्ठान, कास्की शाखाका अध्यक्ष रूद्रबहादुर हितानमगर, नेपाल मगर संघ, कास्कीकी जिल्ला सदस्य पुष्पा पुनमगर, नेपाल मगर महिला संघ, पोखरा महानगर समितिकी सचिव उषा रानामगरलगायतले बोल्नुभएको थियो ।


नेपाल मगर महिला संघ, कास्कीकी अध्यक्ष नुनु रानामगरको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष चन्द्रा थापामगर र सचिव ईश्वरी थापामगरले पनि बोल्नुभएको थियो । तीन महिनासम्म चल्ने तालिममा कास्की जिल्ला अन्तर्गतका विभिन्न एकाइ समितिबाट गरी ३० जनाको सहभागिता रहेको छ ।

Advertisment